दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई स्वागत

हिमाल प्रेस ९ जेठ २०८० १२:४८
4
SHARES
दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई स्वागत
काठमाडौँ- घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई मंगलबार त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।  लुक्लाबाट काठमाडौँ आएका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गरेका हुन्।
भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए। योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बनेका छन्। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका थिए।
पर्यटनमन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटकपटक देखाएको भन्दै हार्दिक बधाई दिए।
‘हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ’, मन्त्री किरातीले भने, ‘उहाँले विश्व समुदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ।’
सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाद दिए। ‘आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरू मलाई स्वागत गर्न आउनुभएको छ। यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने टिम बिना मेरो प्रयास सफल हुने थिएन।’ -रासस
प्रकाशित: ९ जेठ २०८० १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast