प्रधानाध्यापकको सरुवा गरेको भन्दै गाउँपालिकामा तोडफोडमा उत्रिए विद्यार्थी

हिमाल प्रेस ८ जेठ २०८० १५:३०
326
SHARES
प्रधानाध्यापकको सरुवा गरेको भन्दै गाउँपालिकामा तोडफोडमा उत्रिए विद्यार्थी

काठमाडौँ– बारामा प्रधानाध्यापकको सरुवा गरेको भन्दै विद्यार्थीहरूले गाउँपालिकाको कार्यालय नै तोडफोड गरेका छन्। जिल्लाको हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेरा प्राविका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थीहरूले सुवर्ण गाउँपालिका कार्यालय तोडफोड गरेका हुन्।

विद्यार्थीहरूले गाउँपालिकाका अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष पुनमकुमारीको कार्यकक्ष तोडफोड गरेका छन्। त्यस्तै विद्यार्थीहरूले गाउँपालिकाको कार्यालयमा रहेको कागजात पनि जलाउन लागेपछि प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको छ।

गाउँपालिका अध्यक्ष यादवले शिक्षकहरूले घटनालाई राजनीतिकरण गरेको आरोप लगाए। ‘गाउँपालिकाले कर्मचारीको सरुवा गर्‍यो त के भयो। सबै विधि प्रक्रिया मिलाएर सरुवा भएको छ। कसैलाई जबर्जस्ती गरेको त होइन,’ उनले हिमालप्रेससँग भने, ‘शिक्षकहरूले नै विद्यार्थीलाई उचालेर विहानैदेखि गाउँपालिकाको कार्यालय तोडफोड गर्न लगाए। कोको यो घटनामा संलग्न छन् भन्ने पहिचान गरिसकेको छु म प्रहरीकोमा जाहेरी दिँदैछु।’

तोडफोडका कारण गाउँपालिकामा तीन करोड रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ। विद्यार्थीहरूले गाउँपालिकाको भौतिक संरचनासँगै, सवारी साधनहरूमा पनि क्षति पुर्‍याएको यादवले बताए।

प्रकाशित: ८ जेठ २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast