सरकारको नीति तथा कार्यक्रम निराशाजनक : ओली

हिमाल प्रेस ७ जेठ २०८० १२:२६ | Sunday, May 21, 2023
सरकारको नीति तथा कार्यक्रम निराशाजनक : ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले जनतामा उत्साह सिर्जना गर्न नसक्ने बताएका छन्। आइतबार नीति तथा कार्यक्रममाथि  धारणा राख्दै उनले यसले रूपान्तरणकारी नीति नलिएको बताएका हुन्।

‘प्रस्तावित नीति तथा कार्यक्रमले रूपान्तरणकारी नीति लिएको छैन, उत्साह सिर्जना गर्ने आँट गर्न सकेको छैन,’ उनले भने, ‘जनतामा निराशा छाएको छ, सरकारप्रति जनताको अविश्वास बढेको छ।’

यस्तै उनले नीति तथा कार्यक्रम पनि विरोधाभास भएको आरोप लगाएका छन्। ‘पाँचौँ नम्बर बुँदामा सबै ठिकठाक, अर्थतन्त्र सप्रेको छ जस्ता कुराहरू राखिएको छ। १४ नम्बरमा आउँदा अर्थतन्त्र अप्ठ्यारामो छ भनेर त्यही बुँदालाई खण्डन गरेर व्याख्या गरिएको छ।’

उनले देश असामान्य स्थितिमा रहँदा पनि यथार्थलाई सरकारले लुकाउन खोजेको बताएका छन्। ‘अर्थतन्त्र संकटापन्न अवस्थामा छ, राजस्व उठाउन सरकार असफल भएको छ,’ उनले भने, ‘देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ।’

प्रकाशित: ७ जेठ २०८० १२:२६ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast