जी-सेभेनमा चिनियाँ सैन्य गतिविधिप्रति चासो

हिमाल प्रेस ६ जेठ २०८० २०:३४
2
SHARE
जी-सेभेनमा चिनियाँ सैन्य गतिविधिप्रति चासो

हिरोसिमा- आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) का नेताहरूले एसिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन्।

हिरोसिमामा भएको जी-सेभेन शिखर सम्मेलनमा वक्तव्य जारी गर्दै उनीहरूले चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गरेका हुन्। तर चीनको आर्थिक उन्नति एवं यस क्षेत्रको सैन्य गतिविधिबारे ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्नेमा सबै एकमत भएका छन्।

उनीहरूले चीनसँगको सहकार्यका लागि ढोका खुला राख्न र विश्वको दोस्रो ठूलो अर्थतन्त्र, प्रमुख पश्चिमी शक्तिहरू तथा जापानबीचको तनावलाई थप भड्काउनबाट जोगाउन पनि खोजेको बताएका छन्। ‘चीनसँग खुलेर कुरा गर्ने र प्रत्यक्ष रूपमा आफ्ना चिन्ता व्यक्त गर्ने महत्त्वलाई बुझेर हामी चीनसँग रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न तयार छौँ,’ समूहले विज्ञप्तिमा भनेको छ, ‘हाम्रो नीतिगत दृष्टिकोण चीनलाई हानि पु¥याउने उद्देश्यले डिजाइन गरिएको होइन। न त हामी चीनको आर्थिक प्रगति र विकासलाई अवरुद्ध गर्न चाहन्छौँ।’

जी–सेभेन राष्ट्रहरूले ‘छुट्टाउने वा हस्तक्षेप’ गर्ने काम नगर्ने बताएका छन्। तापनि भाषाले कूटनीतिक विवादमा व्यापारिक उपायहरू लागू गर्न बेइजिङको इच्छा र संवेदनशील आपूर्ति शंखलाहरूलाई चिनियाँ प्रभावबाट हटाउन जी–७को दृढताबारे समूहको व्यापक चिन्तालाई स्पष्ट पारेको थियो।

सम्मेलनमा समूहले आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न विविधीकरण गरिरहेको र महत्त्वपूर्ण आपूर्ति शृंखलामा अत्यधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको बताएको छ। दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण’ विरुद्ध चेतावनी दिँदै समूहले ताइवान टापू क्षेत्रमा ‘शान्ति र स्थिरता’ विश्व सुरक्षाका लागि ‘अपरिहार्य’ रहेको दोहोर्‍याएको छ।

समूहले चीनलाई रूससँगको आफ्नो प्रभाव प्रयोग गरी आफ्नो सैन्य आक्रामकता रोक्न र युक्रेनबाट तत्काल, पूर्ण र बिनाशर्त आफ्ना सेना फिर्ता लिन आग्रह गरेको छ। रासस/एएफपी

प्रकाशित: ६ जेठ २०८० २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =