युवाको क्षमता देशभित्रै प्रयोग गरिनुपर्छ : अर्थमन्त्री डा. महत

हिमाल प्रेस ६ जेठ २०८० १५:१४
6
SHARES
युवाको क्षमता देशभित्रै प्रयोग गरिनुपर्छ : अर्थमन्त्री डा. महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा अर्थतन्त्रका वर्तमान सूचकबारे जानकारी गराएका छन्। शनिबार बसेको समितिको बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूबारे अर्थमन्त्री महतले जानकारी गराएका हुन्।

समितिको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले स्वदेशमा अवसर सिर्जना हुञ्जेल विदेश जाने ढोका बन्द गर्नुनहुने बताए। ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन,’ उनले भने, ‘तर नेपालमै अवसर सिर्जना गर्दै लैजाने हो।’

स्वदेशमै अवसर सिर्जना गर्ने प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले युवाहरूको क्षमता स्वदेशमै प्रयोग हुनुपर्ने बताए। ‘युवाहरूको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं,’ उनले भने।

नेपालकै उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले अहिल रहेका उद्योग व्यवसायमा नेपालको हाम्रो भ्यालु एडसिन कम रहेको उनले बताए। ‘हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादाभन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ,’ उनले भने, ‘नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्नेजस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौँ, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौँ।’

बैठकमा एमालेका सांसद सूर्यबहादुर थापा, पदम गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठको उपस्थिति थियो। त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका भवानी खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीलगायतले अर्थमन्त्री डा. महतलाई प्रश्न गरेका थिए।

प्रकाशित: ६ जेठ २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =