जेलबाट रेशम चौधरीले भने : म कति पनि विचलित भएको छैन, अदालतको आश अझै छ

हिमाल प्रेस ३ जेठ २०८० १३:४० | Wednesday, May 17, 2023
जेलबाट रेशम चौधरीले भने : म कति पनि विचलित भएको छैन, अदालतको आश अझै छ

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाबाट बिचलित नभएको बताएका छन्। आज जेलबाटै विज्ञप्ति सार्वजनिक गर्दै चौधरीले आफू पुनरावलोकनको बाटो खुला रहेको बताए।

मंगलबार सर्वोच्च अदालतले रेशमको मुद्दामा जिल्ला र उच्च अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेको थियो।

चौधरीले सर्वोच्चको फैसला आफूप्रति न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नरहेको बताएका छन्।

उनले भनेका छन्, ‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौ। साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ ।’

उनले सर्वोच्च अदालतको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न पनि आग्रह गरेका छन्।

‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दछु’, रेशमले भनेका छन् ।


प्रकाशित: ३ जेठ २०८० १३:४० | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast