कम्युनिस्ट आन्दोलन विसर्जनवादतर्फ उन्मुख : माधव नेपाल

हिमाल प्रेस ३ जेठ २०८० ९:३८
2
SHARE
कम्युनिस्ट आन्दोलन विसर्जनवादतर्फ उन्मुख : माधव नेपाल माधवकुमार नेपाल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरंकुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गर्दै जनताको लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई समाप्त गर्न कम्युनिस्ट आन्दोलन विसर्जनवादतर्फ उन्मुख भएकाले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्ने उद्देश्यले पार्टी पुनर्गठन गरिएको बताए।

पुष्पलाल श्रेष्ठले कोरेको जनवादी क्रान्तिको रुपरेखाको उत्तराधिकार ग्रहण गर्दै एकीकृत समाजवादीले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पुर्‍याउने संकल्प गरिएको विज्ञप्तिमा उल्लेख छ।

विश्वभर रक्षात्मक रहेको कम्युनिस्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पुर्‍याएको अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता जननेता भण्डारी र कुशल संगठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनुरूप संगठन निर्माणमा गरेको अतुलनीय योगदानको स्मरणका साथै अध्यक्ष नेपालले उनीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रकाशित: ३ जेठ २०८० ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast