जुम्ला विमानस्थलको धवनमार्ग विस्तारका लागि जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्को स्वीकृति

हिमाल प्रेस २ जेठ २०८० २०:४९
4
SHARES
जुम्ला विमानस्थलको धवनमार्ग विस्तारका लागि जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ- सरकारले जुम्ला विमानस्थलको धवनमार्ग निर्माणका लागि जग्गा प्राप्ति गर्न नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १८३.८० रोपनी जग्गा प्राप्तिका लागि प्राधिकरणलाई स्वीकृति दिने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन आवश्यक पर्ने जग्गा प्राप्त गर्न प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइन्।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा नयाँ बुटवल लमही ४०० केभी प्रसारण लाइनअन्तर्गतको मोतीपुर सबस्टेसन निर्माणका लागि मारगंगा नगरपालिकामा १५ बिघा जमीन प्राप्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। त्यसका लागि प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय समेत गरिएको मन्त्री शर्माले जानकारी दिइन्।

त्यस्थै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा बुटवल गोरुसिंङ्गे, चन्द्रोटा सडकको विस्तारित सडक सीमा भित्रका घर, टहरा हटाएर क्षतिपूर्ति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

त्यसका लागि जग्गा प्राप्त ऐन २०३४ को दफा ५ बमोजिम सो सडक खण्डको सडक योजनाका योजना प्रमुखलाई प्रारम्भिक कामका लागि अधिकारी तोक्न स्वीकृति प्रदान गरिएको छ।

प्रकाशित: २ जेठ २०८० २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast