गण्डकी प्रदेश

बहुउद्देश्यीय टेक्निकल सेन्टर निर्माणको काम अघि बढाउन गण्डकी सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २ जेठ २०८० १९:१८
8
SHARES
बहुउद्देश्यीय टेक्निकल सेन्टर निर्माणको काम अघि बढाउन गण्डकी सरकारको ध्यानाकर्षण

काठमाडौँ- गण्डकी प्रदेश फुटबल संघका पदाधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर बहुउद्देश्यीय टेक्निकल सेन्टर निर्माणको काम अघि बढाउन ध्यानाकर्षण गराएका छन्। संघका अध्यक्ष लोकेन्द्र गुरुङ र महासचिव दिपेन्द्र श्रेष्ठसहितका पदाधिकारीले पाण्डेलाई भेटेर अखिल नेपाल फुटबल संघले ‘ड्रिम प्रोजेक्ट’ मानेको उक्त परियोजना अघि बढाउन ध्यानाकर्षण गराएका हुन्।

उक्त सेन्टर निर्माणका लागि विश्व फुटबल महासंघ (फिफा)ले राष्ट्रिय संघहरूलाई बहुउद्देश्यीय टेक्निकल सेन्टर निर्माणका लागि २० लाख डलर विनियोजन गरेको संघले जनाएको छ।

सेन्टर निर्माणको काम कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ भिडावारी छनोट गरी गाउँपालिका र एन्फाबीच २०७५ फागुन १४ गते २० वर्ष भोगचलन गर्न पाउने दुईपक्षीय सम्झौता पनि भइसकेको छ। निर्माणका लागि ३५२ रोपनी जग्गा उपलब्ध गराइएको छ।

सेन्टर निर्माणका लागि सम्भाव्यता अध्ययन, डीपीआर सकेर पनि निर्माणको काम सुरु भएको जानकारी संघले मुख्यमन्त्रीलाई गराएको छ। इदी र मर्दी खोलाको जग्गामा सेन्टर निर्माणको काम थालिएको हो।

निर्माणस्थल बाढीले क्षति पुर्‍याएपछि सुरक्षाका लागि माछापुच्छ्रे गाउँपालिकाले ५२ लाख रुपैयाँ खर्चेर ३ सय मिटर तटबन्ध बनाएको संघले जनाएको छ। त्यस्तै सेन्टर निर्माणका लागि फिफासँग समन्वय गरी ई-बिडिङमार्फत टेण्डर पनि आह्वान भइसकेको जानकारी संघले मुख्यमन्त्रीलाई गराएको छ।

उनीहरूले मुख्यमन्त्री पाण्डेलाई अहिले सेन्टर निर्माणको काम के कारणले रोकिएको हो छानबिन गरी परियोजना अघि बढाउन भनेका छन्। त्यस्तै संघले प्रदेश सरकारमार्फत अनिल नेपाल फुटबल संघ एन्फालाई पहल गरिदिन पनि आग्रह मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast