प्रादेशिक आर्थिक वृद्धिदर : सबैभन्दा बढी गण्डकीको, कम बागमतीको

हिमाल प्रेस २ जेठ २०८० १७:३३
2
SHARE
प्रादेशिक आर्थिक वृद्धिदर : सबैभन्दा बढी गण्डकीको, कम बागमतीको

काठमाडौँ- प्रादेशिक कुल गार्हस्थ उत्पादनसम्बन्धी तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आर्थिक वृद्धिदर गण्डकी प्रदेशको र कम बागमती प्रदेशको हुने प्रक्षेपण गरिएको छ।

मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गण्डकीको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान गरिएको हो। उक्त आर्थिक वृद्धिदर अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो।

प्रक्षेपणअनुसार सबैभन्दा कम आर्थिक वृद्धिदर बागमती प्रदेशको रहेको छ। बागमतीको आर्थिक वृद्धिदर १.४४ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ।

संशोधित अनुमान अनुसार गत आवमा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत देखिएको थियो। त्यस्तै सबैभन्दा कम मधेश प्रदेशको ४.६ प्रतिशत रहेको थियो। पत्रकार सम्मेलनमा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आवमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा करिब ५३ खर्ब ८१ अर्ब हुने अनुमान गरिएको बताए।

सोमा सबैभन्दा बढी ३६.८ प्रतिशत योगदानसहित बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा करिब १९ खर्ब ८१ अर्ब हुने अनुमान रहेको उनले बताए। सबैभन्दा कम ४.१ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ता मूल्यमा करिब २ खर्ब १ अर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान रहेको छ। बागमती प्रदेशपछि कुल

गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशहरूमा क्रमशः कोशी, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेका छन्। औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलापहरू गत आवमा बागमती प्रदेशबाहेक सबै प्रदेशहरूमा कृषि क्षेत्रको योगदान बढी थियो ।

बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको थियो। बढ्दो शहरीकरण, बढी जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारका कारण बागमती प्रदेशको यस्तो तथ्यांक आएको तथ्यांक कार्यालयले बताएको छ।

चालु आवमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २ प्रतिशत, मधेस प्रदेशको १.६९ प्रतिशत, लुम्बिनीको २.०६ प्रतिशत रहेको छ। त्यस्तै कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ।

प्रकाशित: २ जेठ २०८० १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =