दुई थान पेस्तोलसहित तीनजना पक्राउ

हिमाल प्रेस १ जेठ २०८० १७:४७
14
SHARES
दुई थान पेस्तोलसहित तीनजना पक्राउ

इटहरी- सुनसरीको धरानस्थित २ छुट्टाछुट्टै स्थानबाट दुई थान पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, उनका भाइ २४ वर्षीय दीपक जिमी र धरान- १५ का २४ वर्षीय रोहित राई रहेका छन्।

विशेष सूचनाका आधारमा आइतबार राति खटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय धरानको टोलीले हुकमेन जिमी र दीपक जिमीलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।

सोधपुछको क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान दीपक जिमीलाई राख्न दिएको र १ थान रोहित राईलाई दिएको बताएअनुसार घरदेखि पश्चिममा रहेको सर्दुखोला नजिक झाडीमा लुकाएर राखेको अवस्थामा १ थान पेस्तोल बरामद गरिएको प्रहरीको भनाइ छ।

त्यस्तै, सोही राति रोहितको घर खानतलासी गर्दा पलङको डस्ना मुनी लुकाएर राखेको अवस्थामा म्याग्जिन सहितको १ थान पेस्तोलसहित राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ। उनीहरूबारे इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसान्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: १ जेठ २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =