पेट्रोल चोरी पैठारी गर्ने ट्यांकर चालकलाई कारबाही

हिमाल प्रेस १ जेठ २०८० ११:५१
4
SHARES
पेट्रोल चोरी पैठारी गर्ने ट्यांकर चालकलाई कारबाही

काठमाडौँ- नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ।

निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्यांकरले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्यांकरका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो।

रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्यांकरलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

निगमले पेट्रोलियम चोरी पैठारीमा संलग्न ट्यांकरको ढुवानी भाडा रोक्का राख्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णयसमेत गरेको छ।

लु २ ख ४८३९ नम्बरको सो ट्यांकरले निगमसँग सम्झौता गरी बेतलापुर-भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो। आईओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आईओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो।

तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्यांकरलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई पेट्रोल चोरीपैठारी कसूरमा कारबाही अगाडि बढाएको छ। रासस

प्रकाशित: १ जेठ २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast