लुम्बिनी- रुपन्देहीका पत्रकार सम्बद्ध संगठनहरूमा नयाँ नेतृत्व चयन भएको छ। नेपाल प्रेस युनियन रुपन्देहीमा कविन्द्र नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो भने समाजवादी प्रेस संगठन, नेपालमा विनोद परियार अध्यक्ष भएका छन्।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको शनिबार सम्पन्न प्रथम अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो। अधिवेशनले उपाध्यक्षमा पुनहरि बेल्बासे, अर्का उपाध्यक्षमा उषाकिरण पन्थ, सचिवमा प्रतीक पौडेल, सहसचिवमा अस्मिता अधिकारी र कोषाध्यक्षमा शिशिर पाण्डेलाई निर्वाचित गरेको छ।
यसअघि आयोजित उद्घाटनसत्रमा बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदीले पत्रकारितामा रुपन्देहीको गरिमालाई थप उचाइमा पुर्याउने गरि काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए।
उनले समाजवादी प्रेस संगठन विशिष्ट अवस्थामा जन्मिएको बताउँदै यसमा आबद्ध पत्रकारहरुले पत्रकारिताको मूल्यमान्यता र मर्यादालाई आत्मसाथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले पत्रकार जहिल्यै पनि आलोचनात्मक चेतका साथ आफ्नो कर्ममा क्रियाशील हुनुपर्ने बताए। यस्तै युनियनको नवौँ अधिवेशनले नेपालको नेतृत्वमा सर्वसहमत २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनले उपाध्यक्षमा दीपक घिमिरे, समावेशी उपाध्यक्षमा कल्पना तिवारी, सचिवमा कपिल ज्ञवाली र कोषाध्यक्षमा गोविन्द बस्नेतलाई निर्वाचित गरेको छ। यसैगरी सहसचिवमा सीता बराल, तिलक सुवेदी र कृष्ण भण्डारी र सहकोषाध्यक्षमा भुवन जिसी सर्वसहमत चयन भएका छन्।