माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

हिमाल प्रेस ३० वैशाख २०८० १३:१७
8
SHARES
माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

काठमाडौँ- नागरिक अगुवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्। शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरूलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै बिरोध प्रदर्शन गरेका हुन्।

नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए। विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम साहले आफूले यस प्रकरणबारे संसद्मा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रूपमा सदन र सडकमा उभिएको बताए।

उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताए। विरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए।

उनले क्षणिक समयको स्वार्थमा अहिलेका नेताहरूले काम गरिरहेको बताए। उनले देश अप्ठ्यारोमा पर्दा विदेश भाग जाने पक्षमा रहेको बताए। उनले अहिलेको नेताहरू भगौडे रहेको र सबै उद्योग धन्दाहरू बेचेर खाइसकेकाले भ्रष्टाचारीलाई छोड्नु नहुने बताए।

त्यस्तै प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताए।
प्रदर्शनमा सहभागी भावना राउतले जनताले देशको सुरक्षा गर्नका लागि पठाएका मानिसहरु भ्रष्टाचारी बनिरहेकाले सबै नागकिरले आवाज उठाउनुपर्ने बताइन्।

प्रकाशित: ३० वैशाख २०८० १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast