भ्रष्टाचार मुद्दामा कसैलाई छाड्न हुन्न : कांग्रेस नेता पुन

हिमाल प्रेस २९ वैशाख २०८० १८:३२
10
SHARES
भ्रष्टाचार मुद्दामा कसैलाई छाड्न हुन्न : कांग्रेस नेता पुन

लुम्बिनी- नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भ्रष्टाचारको मुद्दामा निष्पक्ष छानबिन माग गरेका छन्। उनले भ्रष्टाचार मुद्दामा कसैलाई पनि छाड्न नहुने भन्दै नेपाली कांग्रेस दोषी उम्कन नहुनेमा प्रस्ट रहेको बताए।

बुटवलमा शुक्रबार नेपाल प्रेस युनियन रूपन्देहीको २१ औं साधारणसभा तथा नवौंँ अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले यस्तो बताएका हुन्। उनले कांग्रेसका नेता भए पनि दोषी भए कारबाहीको दायरामा ल्याउन नेतृत्व तहदेखि नै सहयोग भइरहेको बताए।

‘कसैलाई गलत तरिकाले फसाउन पाइँदैन। हामीले सचेतनाका साथ अनुसन्धानमा सघाएका छौँ। तर विपक्षी पार्टीका साथीहरू लुकेर हिँड्नुभएको छ’, उनको दाबी छ। सभापति पुनले भ्रष्टाचारजस्ता विषयमा पत्रकारहरूलाई समेत कलम चलाउन आग्रह गरे। उनले पत्रकारले पनि सत्य तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले तिनै तहका सरकारले बनाएका कानुन प्रेस स्वतन्त्रताविरोधी भए सडक आन्दोलन गर्ने बताए। उनले आफूहरूले सबै स्थानीय तहले बनाएका कानुन नियालेको बताउँदै प्रेस स्वतन्त्रता विपरीत भए आन्दोलनमा उत्रने चेतावनी दिए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खोजी पत्रकारितातर्फ केीन्द्रत हुन पत्रकारहरूलाई आग्रह गरे। कार्यक्रममा युनियनका केन्द्रीय केन्द्रीय उपाध्यक्षहरू माधव अर्याल, जीवन भण्डारी, अनिल कर्ण, महासचिव दिलीप पौडेललेले सामाजिक सञ्जाल चुनौतीपूर्ण रहेको बताएका थिए।

उक्त अवसरमा टोप सुशीला शिक्षा पत्रकारिता पुरस्कारबाट माधव नेपाल, जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट रामराज पोख्रेल र भवानीप्रसाद पाण्डे पुरस्कृत भएका छन्। तीनै जनालाई नगद २० हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको सभापति रेखा भुसालले जानकारी दिइन्।

प्रकाशित: २९ वैशाख २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast