एमालेको स्थायी कमिटी बैठक भोलिका लागि सर्‍यो

हिमाल प्रेस २९ वैशाख २०८० ९:४२
2
SHARE
एमालेको स्थायी कमिटी बैठक भोलिका लागि सर्‍यो

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।

जारी केन्द्रीय कमिटी बैठकका बीचमा बस्ने भनिएको स्थायी कमिटी बैठक भोलिलाई सारिएको हो। आज प्रतिवेदन पेस गर्ने क्रम लम्बिएकाले शनिबार बिहान मात्रै स्थायी कमिटी बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

शुक्रबारको बैठकमा दुईवटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेश कमिटीले ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए।

उपमहासचिव ज्ञवालीका अनुसार आज बागमती, गण्डकी, सम्पर्क समन्वय र उपत्यका विशेष कमिटीले ग्रास रुट अभियानको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसपछि प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ। समूहगत छलफलका लागि आठ वटा समूह बनाइएको छ। समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षसहित सुझाव प्रस्तुत गर्नेछन्।

प्रदेश अध्यक्षहरूको सुझावका आधारमा शनिबार बिहान बस्ने स्थायी कमिटी बैठकले पार्टीको भावी कार्ययोजनाको प्रस्ताव तयार पार्नेछ। सोही प्रस्ताव शनिबार दिउँसो पुनः केन्द्रीय कमिटी बैठकबाट पारित गरी बैठक सकिने एमालेले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८० ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =