अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट

हिमाल प्रेस २७ वैशाख २०८० २२:११
10
SHARES
अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट

काठमाडौँ- अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको बनारस र लखनउ डाइभर्ट गरिएका छन्। एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनउ डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनः काठमाडौँ अवतरण भइसकेका छन्। इन्डिगो एयर राति १०ः४५ बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको सिटौलाले बताए।

डाइभर्ट हुनुअघि एयर इन्डियाको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो। काठमाडौँ विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब १ घण्टा आकाशमा फन्को लगाएर ‘होल्ड’ भएको थियो । जहाजले पुनःएप्रोच लिन नसकेपछि बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयको भनाइ छ।

विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरणमा समस्या आएको हो। अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण गरिन्छ।

दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेका हुन्। त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको हिमालय एयरलाइन्सको जहाज झण्डै १ घण्टा सिमरा माथिको आकाशमा होल्ड भएपछि मात्रै अवतरण गरेको छ। सिंगापुर एयरलाइन्सले पनि केहीबेर होल्ड गर्नुपरेको थियो। रासस

प्रकाशित: २७ वैशाख २०८० २२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast