भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको प्रधानमन्त्रीको दाबी

हिमाल प्रेस २६ वैशाख २०८० १६:५१
4
SHARES
भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको प्रधानमन्त्रीको दाबी

काभ्रे- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति पार्टी र आफूलाई साथ चाहिएको बताएका छन्। काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताए। उनले भने, ‘त्यसमा पनि तपाईंहरूको हिजोको जस्तो साथ सहयोग आवश्यक छ। म तपाईँहरूसँग अपिल गर्न चाहन्छु।’

प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको बताए। उनले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो, समानता चाहियो, तिनीहरूलाई अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यही हो।’ प्रधानमन्त्री प्रचण्डले देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको बताए। उनले भने, ‘जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबको पाँच वर्षमा एउटा कीर्तिमान बनाउने उहाँले विश्वास व्यक्त गरे। प्रधानमन्त्रीले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको जानकारी दिए।

उनले विगतमा ‘जुनजुन प्रदेश पछाडि पारिएको थियो, आफूले तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको दाबी गरे। प्रधानमन्त्रीले भने, ‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो, तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु।’

प्रकाशित: २६ वैशाख २०८० १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =