अन्य खर्च कटौती गरेर पनि शिक्षामा बजेट बढाउन मन्त्री राईलाई एलाइन्सको ध्यानाकर्षण

हिमाल प्रेस २६ वैशाख २०८० १६:२७
320
SHARES
अन्य खर्च कटौती गरेर पनि शिक्षामा बजेट बढाउन मन्त्री राईलाई एलाइन्सको ध्यानाकर्षण

काठमाडौँ- ट्याक्सएड एलाइन्सले अन्य खर्च कटौती गरेर भए पनि शिक्षामा बजेट बढाउन शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ।

एलाइन्सको टोलीले मंगलबार शिक्षामन्त्री अशोक राईलाई भेट गरी सार्वजनिक शिक्षाको गुणस्तर सुधार गर्न शिक्षामा बजेटको न्यायोचित वितरणमा ध्यान दिन माग गरेका हुन्।

उनीहरूले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन २०७५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ का प्रावधान अनिवार्य रुपमा कार्यान्वयन हुनुपर्ने, शिक्षामा बजेटको सदुपयोग गर्न विद्यालय प्रशासन र स्थानीय सरकारको प्रशासनिक दक्षता अभिवृद्धि गर्नुपर्ने, शिक्षामा बाह्य लगानीभन्दा आन्तरिक स्रोत परिचालनमा जोड दिन मन्त्री राईलाई सुझाव दिएका छन्।

एलाइन्सले शिक्षामा अन्तर्राष्ट्रिय मान्यताअनुसार कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएको छ। एलायन्समा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र इस्टु आबद्ध छ।

प्रकाशित: २६ वैशाख २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =