आज पनि संसद्मा प्रि-बजेट छलफल चल्ने

हिमाल प्रेस २६ वैशाख २०८० ७:०९
2
SHARE
आज पनि संसद्मा प्रि-बजेट छलफल चल्ने

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभामा आज पनि प्रि-बजेटका बारेमा छलफल हुने भएको छ।

प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार आज पनि प्रि-बजेटका बारेमा छलफल हुन लागेको हो।
जसअनुसार वैशाख २५ देखि २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।

उनका अनुसार प्रि-बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात वैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ।

वैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि-बजेटका बारेमा छलफल सुरु गरेका छन्।

 

प्रकाशित: २६ वैशाख २०८० ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast