समस्या देखिएको श्री एयरको जहाज उडानमा रोक

हिमाल प्रेस २५ वैशाख २०८० १८:३४
6
SHARES
समस्या देखिएको श्री एयरको जहाज उडानमा रोक

काठमाडौँ- समस्या देखिएको श्री एयरलाइन्सको जहाज उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले समस्या देखिएको श्री एयरको नाइन एन-एएनइ (डीएचसी-८-४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको हो।

प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेलसम्मका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको जानकारी गराएको छ। उक्त जहाज मंगलबार भैरहवाबाट काठमाडौँका लागि उडेपछि प्राविधिक समस्या देखिएको थियो। समस्या देखिएपछि जाहाज भैरहवामै फर्काएर आकस्मिक अवतरण गराइएको थियो।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल टाढा पुग्दा जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमै अवतरण गरिएको थियो।

अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो। प्राधिकरणले यसअघि उक्त जहाजमा शनिबार पनि समस्या देखिएको बताएको छ। सामाजिक सञ्जाल ट्वीटरमा उक्त जहाजमा शनिबार धनगढी विमानस्थलमा समस्या देखिएको उल्लेख गरिएको छ। रासस

प्रकाशित: २५ वैशाख २०८० १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast