सिद्धार्थ बैंकको ‘सिद्धार्थ पे एण्ड सेभ’ खाता

हिमाल प्रेस २५ वैशाख २०८० १२:२९
4
SHARES
सिद्धार्थ बैंकको ‘सिद्धार्थ पे एण्ड सेभ’ खाता

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै ‘सिद्धार्थ पे एण्ड सेभ’ खाता सञ्चालनमा ल्याएको छ।

शून्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत एक सयभन्दा बढीको कारोबार गरेको अवस्थामा निश्चित रकम कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागि स-सानो बचत गर्दै जाने उद्देश्यसहित खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकले अभिभावक र बालबालिका दुवैको खातामा पहिलो वर्षका लागि निःशुल्क डेबिट कार्ड र बैंक स्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ।

यसमा सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराइएको छ। यसअन्तर्गत अभिभावकले डेबिट कार्डमार्फत पहिलो पटक पीओएस वा अनलाइनबाट न्यूनतम एक हजारको कारोबार गर्दा ५ प्रतिशत वा बढीमा एक सय रुपैयाँ क्यासब्याक पाउन सक्नेछन्। यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरूको खातामा जम्मा हुनेछ।

प्रकाशित: २५ वैशाख २०८० १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =