नबिल बैंकले ल्यायो १० लाख बिमासहित ‘ढुक्क बचत खाता’

हिमाल प्रेस २५ वैशाख २०८० १२:०१
8
SHARES
नबिल बैंकले ल्यायो १० लाख बिमासहित ‘ढुक्क बचत खाता’

काठमाडौँ- नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ ल्याएको छ। उच्चतम् ब्याजदर र तीनवटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ।

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत ३ लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।

त्यसैगरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ।

महिनामा ५ पटकसम्म अरू बैंकको एटीएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता हो। साथै पहिलो वर्ष निःशुल्क लकरको सुविधा र दोस्रो वर्षमा ५० प्रतिशत छुट रहेको बैंकले जनाएको छ।

७.४० प्रतिशतको ब्याजदर रहेको ‘नबिल ढुक्क बचत खाता’ खोल्नको लागि एक लाख रुपैयाँ न्यूनतम मौज्दात जम्मा गर्नुपर्नेछ।

प्रकाशित: २५ वैशाख २०८० १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =