भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरको जहाजमा प्राविधिक समस्या

हिमाल प्रेस २५ वैशाख २०८० ११:३०
4
SHARES
भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरको जहाजमा प्राविधिक समस्या फाइल तस्बिर।

भैरहवा- भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ।

उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको जहाजको ल्याडिङ् गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो।

अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालेर विमानस्थलको उडान सामान्य भइसकेको प्रवक्ता सिटौलाले जानकारी दिए।

उक्त जहाज भैरहवाबाट बिहान करिब ९ः४० बजे काठमाडौँका लागि उडेको थियो। उडान भरेको केही समयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमान चालकले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए।

प्रकाशित: २५ वैशाख २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =