प्रतिनिधिसभा बैठक बस्दै, बजेटबारे छलफल हुने

हिमाल प्रेस २५ वैशाख २०८० ७:१६
6
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, बजेटबारे छलफल हुने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ। बिहान ११ बजेका लागि तय भएको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने कार्यसूची तय गरिएको छ।

आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले यसबारेमा तीन दिनसम्म छलफल चलाउने निर्णय भएको थियो।

सोहीअनुसार आइतबारको प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने जनाइएको छ। छलफलको अन्तिम दिन अर्थात वैशाख २७ गते अर्थमन्त्री महतले जवाफ दिने गरी कार्यतालिका तय भएको छ।

 

प्रकाशित: २५ वैशाख २०८० ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =