एमालेको केन्द्रीय बैठक झापामा नहुने, च्यासलमै बस्ने

हिमाल प्रेस २४ वैशाख २०८० १५:११
4
SHARES
एमालेको केन्द्रीय बैठक झापामा नहुने, च्यासलमै बस्ने नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमै गर्ने भएको छ। वैशाख २८-३० गते झापामा हुने भनिएको बैठक च्यासलमै गर्ने निर्णय भएको एमाले नेता विष्णु रिजालले जानकारी दिए।

‘झापामा गर्ने तय भएको नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८-३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने भएको छ’ नेता रिजालले भने।

प्रदेश १ को नाम ‘कोशी’ राखेपछि विरोध बढिरहेको बेला सोही प्रदेशको झापामा केन्द्रीय कमिटीको बैठक राख्नु अहिलेको समयमा सही नहुने निष्कर्ष एमालेले निकालेको छ। कोशी प्रदेशको विषयमा ओलीलाई झापाकै विभिन्न कार्यक्रममा आक्रमणको प्रयास भएको थियो।

प्रकाशित: २४ वैशाख २०८० १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =