पोखरा- नेपाली कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनयन भएका छन्। न्यौपानेलाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा १ बमोजिम प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा मनोनीत गरेका हुन्।
गोरखा क्षेत्र नम्बर १ ख बाट निर्वाचित सांसद न्यौपाने कांग्रेस गोरखाका सभापति हुन्।
प्रकाशित: २४ वैशाख २०८० १०:५५
प्रतिक्रिया