काठमाडौँ- खैरो हिरोइनसहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका खक्रौला नाकाबाट लागूपदार्थ ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीका हवल्दार पेमसिंह सुनार र लम्कीका सागर घिमिरे पक्राउ परेका हुन्।
प्रहरीका अनुसार हवल्दार सुनारले ९१० ग्राम र घिमिरेले १७० ग्राम खैरो हिरोइन मलद्वारमा लुकाएका थिए। पक्राउ परेका हवल्दार सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत थिए। उनी वैशाख १४ गतेदेखि १५ दिनको लागि घर बिदामा थिए।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी उद्धवसिंह भाटका अनुसार आज उनीहरूविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान हुनेछ।
प्रकाशित: २४ वैशाख २०८० ९:०१
प्रतिक्रिया