दिनभर सडक अवरुद्धपछि खुल्यो चितवन बन्द

हिमाल प्रेस २३ वैशाख २०८० २०:२२
16
SHARES
दिनभर सडक अवरुद्धपछि खुल्यो चितवन बन्द बन्दका कारण सडकमै लाइन लागेका सवारी, तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ- पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न बाध्य पार्ने मुख्य आरोपितलाई पक्राउ गर्न माग गर्दै बन्द गरिएको चितवनका सडक खुलेको छ।

मुख्य आरोपित उद्योगी प्रदीप रुँगटालाई पक्राउ गर्न माग गर्दै न्यायिक संघर्ष समितिले शनिबार बन्द गराएको चितवन बन्दकर्ताको कोणसभापछि खुलेको हो।

चितवन जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङका अनुसार दिनभरजसो अवरुद्ध सडक साँझपख पूर्ण रूपमा खुलेको छ। बन्दका कारण चितवनका राजमार्ग भएर गुड्ने सवारीसाधन बीचमै रोकिएका थिए। न्यायिक संघर्ष समितिको कोणसभापछि पूर्व–पश्चिम सडक सञ्चालनमा आएको जानकारी प्रहरीले दिएको छ।

प्रकाशित: २३ वैशाख २०८० २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =