काठमाडौँ- संघीय संसद्को बजेट अधिवेशन आइतबार(भोलि)देखि सुरु हुँदैछ। दुवै सदनको बैठक भोलि बस्दैछ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन्। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ।
प्रकाशित: २३ वैशाख २०८० ७:४२
प्रतिक्रिया