
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको बहसमा उत्रिन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ, आउनुहोस् छलफल गरौँ।’
पोखरेलले २०४६ सालको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र नभई विदेशी लगानीका कथित विचारले सिर्जित सामाजिक अराजकता पनि रहेको टिप्पणीसमेत गरेका छन्।
प्रकाशित: २३ वैशाख २०८० ७:३१
प्रतिक्रिया