
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। रिजाल पार्टीको १४ औं महाधिवेशनमा इतर समूहबाट महामन्त्री पदको उम्मेदवार बनेर पराजित भएका थिए।
प्रकाशित: २२ वैशाख २०८० १८:५८
प्रतिक्रिया