हेलिकप्टर दुर्घटना अपडेट : एकको मृत्यु

हिमाल प्रेस २२ वैशाख २०८० १६:३१
6
SHARES
हेलिकप्टर दुर्घटना अपडेट : एकको मृत्यु तस्बिर स्रोतः वाङ छेदर लामाको फेसबुक।

खाँदबारी- संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

हेलिकप्टरमा सवार चारजना गम्भीर घाइते छन्। आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ।

मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए। दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। रासस

प्रकाशित: २२ वैशाख २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =