काठमाडौँ- आज (शुक्रबार) बुद्धजयन्ती देशभर मनाइएको छ। विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्याएको योगदानको स्मरण गर्दै यो पर्व मनाउने गरिन्छ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने गर्दछन्।
बुद्धजयन्तीका दिन बौद्धनाथ परिसर लगायत देशभरका बाैद्धस्तूप, गुम्बा, चैत्य, विहारमा दर्शनार्थीको भीड लागेको थियो।
हेर्नुहोस् बौद्धनाथका तस्बिरहरू:
प्रकाशित: २२ वैशाख २०८० १५:०८
प्रतिक्रिया