पाकिस्तानी विदेशमन्त्री दुई दिने भ्रमणका लागि भारतमा

हिमाल प्रेस २१ वैशाख २०८० १९:४७
12
SHARES
पाकिस्तानी विदेशमन्त्री दुई दिने भ्रमणका लागि भारतमा

काठमाडौँ- पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जरदारी भारत भ्रमणमा आएका छन्। बिहीबारदेखि भारतको गोवामा सुरु भएको संघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारत आएका हुन्।

भुट्टाेकाे याे भ्रमण नै विगत करिब ९ वर्षयता पाकिस्तानबाट भारतमा भएको उच्चस्तरीय भ्रमण रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यसअघि सन् २०१४ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारत भ्रमण गरेका थिए।

भारत र पाकिस्तानबीच विगतदेखि नै राम्रो सम्बन्ध छैन। सन् २०१९ मा पुलुवा आक्रमणमा परी ४० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशको सम्बन्ध झन सुधार हुन सकेकाे छैन।

विदेशमन्त्री भुट्टोको भारत भ्रमणले दुई देशको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ। यद्यपि भारतीय विदेशमन्त्रीसँग भेट्ने टुंगो नलागेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

एससीओ विकास र सुरक्षासँग सम्बन्धित मुद्दालाई लिएर स्थापना गरिएको संस्था हो। उक्त संस्थाका सदस्य रूस, चीन, भारत र पाकिस्तान छन्। बैठक शुक्रबारसम्म हुनेछ।

प्रकाशित: २१ वैशाख २०८० १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast