काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद दिएकाे हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले रायमाझीविरुद्ध तीन दिनको म्याद थप भएको बताए।
उनले भने,‘रायमाझी विरुद्ध तीन दिनको म्याद थप भएको छ। अब थप अनुसन्धान हुन्छ।’ प्रहरीका अनुसार रायमाझीविरुद्ध संगठीत अपराध तथा ठगी मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ।
प्रकाशित: २१ वैशाख २०८० १८:०१
प्रतिक्रिया