
काठमाडौँ– नेपाल राष्ट्र बैंकले २ अर्ब ८२ करोड रुपैयाँको नागरिक बचतपत्र निष्काशन गरेको छ। ५ वर्षे अवधिको बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत तोकिएको छ।
यसमा ब्याजकर लाग्ने र ६/६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
आम नागरिकले कम्तिमा १० हजार रुपैयाँ बराबरको बचतपत्र खरिद गर्न सक्नेछन्। वैशाख २४ देखि १ महिनासम्म बचतपत्र खरिद गर्ने समय तोकिएको छ।
बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन सकिन्छ। नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो।
प्रकाशित: २१ वैशाख २०८० १६:३६
प्रतिक्रिया