बाँके : पाँच जनामा डेंगु संक्रमण

हिमाल प्रेस २१ वैशाख २०८० १४:५८
4
SHARES
बाँके : पाँच जनामा डेंगु संक्रमण सांकेतिक तस्बिर।

बाँके- बाँकेमा डेंगुको संक्रमण देखिएको छ। जिल्लाको कोहलपुरमा पाँच जनामा डेंगुको संक्रमण देखिएको हो।

कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये पाँच जनामा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दीपक शर्माले बताए। उनका अनुसार कोहलपुर–२ का दुई, वडा नं ५, ११ र १४ का एक/एक जनामा डेंगु संक्रमण देखिएको हो।

उनीहरू सबैमा रोगको लक्षण देखिएको छ। अस्पतालका डा. रवि शर्मा वाग्लेले संक्रमितलाई उपचारसँगै परामर्श दिइरहेको बताए। उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालयका कीटजन्य रोगका स्रोत व्यक्ति दुर्गा गौतमका अनुसार डेंगु संक्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालयले स्थानीय तहका स्वास्थ्य शाखालाई सर्तकता अपनाउन अपिल गरेको छ।

आर्थिक वर्ष २०७९/८० को भदौ, असोज र कात्तिकमा जिल्लामा डेंगुको संक्रमण फैलिएको थियो। यी तीन महिनामा मात्रै एक सय ७० जनाभन्दा बढी व्यक्ति डेंगुबाट संक्रमित भएका थिए। रासस

प्रकाशित: २१ वैशाख २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast