नक्कली शरणार्थीको रकम जफत गर्न नेता सूर्य थापाको माग

हिमाल प्रेस २१ वैशाख २०८० १२:२१
180
SHARES
नक्कली शरणार्थीको रकम जफत गर्न नेता सूर्य थापाको माग

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्नेको रकम जफत गर्न माग गरेका छन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जोकोहीमाथि सप्रमाण कारबाही हुनुपर्नेमा जोड दिँदै उनले यस्तो माग गरेका हुन्।

नेपाली भएर पनि भुटानी शरणार्थी बन्न तयार भई रकम बुझाउनेहरू पीडित नभएको पनि उनको भनाइ छ। थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, नेपाली भईकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ।’

तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउन पनि नेता थापाले माग गरेका छन्।

उनले भनेका छन्, ‘नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ।’

प्रकाशित: २१ वैशाख २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =