पूर्वगृहमन्त्री बादलका छोराले भने : अनुसन्धान प्रक्रियामा सहयोग गर्छु

हिमाल प्रेस २१ वैशाख २०८० ११:५९
6
SHARES
पूर्वगृहमन्त्री बादलका छोराले भने : अनुसन्धान प्रक्रियामा सहयोग गर्छु

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएको प्रति पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले आपत्ति जनाएका छन्।

उनले सञ्चारमाध्यमले गलत उद्देश्यका साथ तथ्यहीन प्रचार गरिएको उनले बताएका छन्। ‘म विरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार भइरहेको छ। राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो संस्कारलाई बढावा दिने हो,’ उनले आफ्नो संलग्नता शरणार्थी प्रकरणमा नरहेको बताएका छन्।

उनले आफूमाथि झुटो आरोप लागेको बताए। थापाले संवेदनशील विषयमा आफ्नो नाम जोडिएकाले अनुसन्धान प्रक्रियालाई इमानदारितापूर्वक सहयोग बताएका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘वादल’, पूर्वमन्त्री टोपबहादुर रायमाझीको नाम जोडिएको छ। रायमाझी र उनका छोरा सन्दीपलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको जनाइएको छ।

यसअघि नै नेपाल सरकारमा सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजीत राई पक्राउ परिसकेका छन्।

प्रकाशित: २१ वैशाख २०८० ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =