काठमाडौँ- काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
आज एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो।
वैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ।
प्रकाशित: २० वैशाख २०८० ८:३२
प्रतिक्रिया