आज सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा वर्षाको सम्भावना

हिमाल प्रेस १९ वैशाख २०८० ६:४९
4
SHARES
आज सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

आज राति कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।

प्रकाशित: १९ वैशाख २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast