धादिङमा पुल भासियो, पृथ्वीराजमार्गमा आवतजावत बन्द

हिमाल प्रेस १८ वैशाख २०८० १६:३७
108
SHARES
धादिङमा पुल भासियो, पृथ्वीराजमार्गमा आवतजावत बन्द

काठमाडौँ- पृथ्वीराजमार्गको धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएको छ। पुल भासिँदा पृथ्वीराजमार्ग भएर आउने/जाने सवारी सञ्चालन हुन सकेको छैन। पुलको पिल्लरमा क्षति भएको छ भने सडकमा भ्वाङ परेको छ। सवारी आवातजावत ठप्प हुँदा पृथ्वीराजमार्गमा सवारी साधनको लामो लाम लागेको छ।

राजमार्ग खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast