चलचित्र पत्रकार संघले सात पत्रकारलाई सम्मान गर्ने

हिमाल प्रेस १८ वैशाख २०८० १३:२९
6
SHARES
चलचित्र पत्रकार संघले सात पत्रकारलाई सम्मान गर्ने

काठमाडौँ- चलचित्र पत्रकार संघ नेपालले सात जना पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ। आगामी जेठ ७ गते काठमाडौँमा हुने संघको २४ औं वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकारहरूलाई सम्मान गर्न लागेको हो।

सम्मान तथा पुरस्कृत हुनेमा शान्तिप्रिय, तुलसी गिरी, श्रीराम सिग्देल, कुबेर डंगोल, दीपज्योति थापा, सृष्टि पोखरेल र रवि अधिकारी रहेका छन्।

संघका अनुसार संघका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ रुपैयाँसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ।

२५ वर्षदेखि फिल्म पत्रकारितामा सक्रिय रहेको र २३ वर्षदेखि संघमा आबद्ध रहेको भन्दै रजत सम्मान प्रदान गर्न लागेको संघले जनाएको छ।

संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’को लागि पत्रकार तुलसी गिरी र चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गर्ने भएको छ।

त्यस्तै ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’को लागि कुबेर डंगोल र दीपज्योति थापालाई जनही ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ।

श्रृष्टि पोखरेललाई एक थान ल्यापटपसहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ र ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’को लागि २५ हजार रुपैयाँ नगदसहित चितवन शाखाका निवर्तमान अध्यक्ष रवि अधिकारीलाई प्रदान गरिनेछ।

प्रकाशित: १८ वैशाख २०८० १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast