काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा आउन आग्रह गरेका छन्।
आज गृहजिल्ला चितवनमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमा आउन आग्रह गरेका हुन्। प्रचण्डले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका हुन्।
‘तपाईं आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भने।
उनले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको दाबी पनि गरेका छन्। प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको प्रष्ट पारे।
प्रकाशित: १८ वैशाख २०८० १०:१७
प्रतिक्रिया