 
                             
                                            काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित ५१ जना भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गराएको जानकारीअनुसार ५१ जनामा कोरोना संक्रमण देखिएको हो।
सो अवधिमा १ हजार ९ सय २१ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै २४ घण्टामा २६ जना कोरोना संक्रमित निको भएर घर फर्केका पनि मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयका अनुसार हाल १ सय ४७ जना कोरोनाका संक्रिय संक्रमित छन्।
                            प्रकाशित: २६ वैशाख  २०८० १७:०४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 