३२ अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार

हिमाल प्रेस ४ जेठ २०८० १५:१७ | Thursday, May 18, 2023
३२ अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३२.३० अंकले उकालो लागेको छ। बिहीबार नेप्से परिसूचक १८७७ बिन्दुमा पुगेको छ।

बिहीबार कारोबार रकम पनि बढेको छ। यसअघिका केही दिनमा १ अर्बको पनि कारोबार हुन सकेको थिएन। बिहीबार १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार २६४ कम्पनीको ४४ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ।

बिहीबार सबै उपसमूहको सूचक बढ्यो। कारोबार रकमका हिसाबले नेपाल टेलिकम शीर्ष सूचीमा छ। यसको ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। शिवम् सिमेन्टको ७ करोड ११ लाख, एनआईसी एशिया बैंकको ६ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: ४ जेठ २०८० १५:१७ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast