२३ अंकले बढ्यो नेप्से

हिमाल प्रेस ३ जेठ २०८० १५:२० | Wednesday, May 17, 2023
२३ अंकले बढ्यो नेप्से

काठमाडौँ– बुधबार सेयर बजार परिसूचक (नेप्से) २३.३९ अंकले बढेको छ। यसअघि तीन कारोबार दिन स्थिरजस्तै रहेको बजारमा बुधबार भारी अंकको वृद्धि देखिएको हो।

बुधबार १८७ कम्पनीको सेयर मूल्य बढेको छ। २५ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। बुधबार कुल २५ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार नेप्सेका सबै उपसमूहको सूचक बढेको छ।

बुधबार आत्मनिर्भर लघुवित्त, इस्टर्न हाइड्रोपावर लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावरको मूल्य १० प्रतिशतले उकालो लागेको छ। कारोबार रकम हिसाबले बुधबार शिवम् सिमेन्ट पहिलो नम्बरमा छ। बुधबार शिवम् सिमेन्टको ५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल टेलिकम, एनआईसी एशिया, नागरिक लगानी कोष र माइखोला हाइड्रोपावर पनि सर्वाधिक रकमको कारोबार हुनेको सूचीमा छन्। बुधबार माइखोलला हाइड्रोपावरका लगानीकर्ताले सार्वधिक गुमाएका छन्। यसको मूल्य ८ प्रतिशतले घटेको छ।

प्रकाशित: ३ जेठ २०८० १५:२० | Wednesday, May 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast