२२ लाख रुपैयाँभन्दा बढीको ‘इलेक्ट्रिक सिगरेट’ बरामद

हिमाल प्रेस १० जेठ २०८० १५:४९ | Wednesday, May 24, 2023
२२ लाख रुपैयाँभन्दा बढीको ‘इलेक्ट्रिक सिगरेट’ बरामद

काठमाडौँ- सशस्त्र प्रहरीले २२ लाख रुपैयाँभन्दा बढीको ‘इलेक्ट्रिक सिगरेट’ बरामद गरेको छ। बुधबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ आँपबगैचा क्षेत्रबाट २२ लाख ३० हजार ५ सय ९० रुपैयाँ बराबरको इलेक्ट्रिक सिगरेट बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सिगरेटका साथै इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा पनि बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बुधबार राति साढे १ बजे भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा)बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको टोलीले बरामद गरेको हो।

उक्त सामान ल्याउने व्यक्तिहरू गस्तीमा रहेको सशस्त्र प्रहरी देखेपछि भागेका सशस्त्रको भनाइ छ। बरामद गरिएको सामान भैरहवास्थित बेलहिया भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित: १० जेठ २०८० १५:४९ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast