२० वर्ष पुराना सार्वजनिक सवारी हटाउन बागमती प्रदेशको निर्देशन

हिमाल प्रेस ८ जेठ २०८० १३:१८ | Monday, May 22, 2023
२० वर्ष पुराना सार्वजनिक सवारी हटाउन बागमती प्रदेशको निर्देशन काठमाडौँ नयाँ बसपार्क। फाइल तस्बिर

काठमाडौँ- बागमती प्रदेशले २० वर्ष अवधि पूरा भएका सार्वजनिक सवारीसाधनलाई हटाउन निर्देशन दिएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै त्यस्ता सवारी ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ अनुसार दर्ता भएको मितिले सार्वजनिक प्रयोजनमा प्रयोग भएका विद्युतीय सवारीसाधन ३० वर्षमा र अन्य २० वर्षपछि चलाउन पाइँदैन। यही ऐनमा टेकेर प्रदेश सरकारले हालसम्मको राजस्व बुझाइ अवधि पुगेका सवारी नचलाउन आग्रह गरेको हो।

प्रकाशित: ८ जेठ २०८० १३:१८ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast